आज एकैदिन ७ हजार २११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन अहिलेसम्मकै उच्च ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार गत २४ घण्टामा देशभर ७ हजार २११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। यसैगरी पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उता आज कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ सय १२ रहेको छ । आज काठमाडौं उपत्यकामा मात्रै ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ भने कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३२५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण