Health TV Online
Health TV Online
Health TV Online

शनिबार ५ हजार ७६३ नयाँ संक्रमित थपिए, १९ जनाको मृत्यु

शनिबार ५ हजार ७६३ नयाँ संक्रमित थपिए, १९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जना संक्रमित थपिएका हुन्।

यसैगरी गत २४ घण्टामा १९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ८२ हजार ३८२ जना भने संक्रमणमुक्त भइसकेका छन्। उता हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर घटेर ८५ दशमलब ९ प्रतिशत भएको छ । आज देशभर १२ सय ८७ जना संक्रमित कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। गत २४ घण्टामा १४ हजार ४०३ पीसीआर विधिबाट र ५६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पीसीआर गरेकामध्ये ५ हजार ७०६ जनामा कोरोना पोजेटिभ देखिएको हो भने एन्टिजेनमा ५७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । जो होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार