कोरोनाबाट बालबालिकालाई कसरी जोगाउने ? यस्तो छ डा आरपी चौधरीको सुझाव
प्राडा आरपी चौधरी
पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको महामारी उच्च रहेको पाइएको छ । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको संक्रमण बढी थिएन । संक्रमणमा परेकामा पनि त्यति धेरै जटिलता देखिएको थिएन । तर कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवाहरु बढी संक्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ । यसले झनै संक्रमण भयावह बनाउने संकेत देखिएको छ ।
बालबालिकामा कोरोना देखिँदा यसले थप जटिलता निम्त्याउँछ । स -साना बालबालिका आफूले बोलेर के भएको छ भन्ने समेत बताउन नसक्दा उनीहरुको उपचारमा ढिलाई भएर समस्या गम्भीर बनिसक्ने सम्भावना रहन्छ । त्यसैगरी साना बालबालिकाले मास्कको प्रयोग गर्न समेत नमान्ने भएकाले उनीहरुलाई अरुबाट हुने संक्रमणबाट जोगाउन मुश्किल हुनसक्छ । उता नवजात शिशु समेत संक्रमणमा परेको पाइएकोले यस्ता बालबालिकाबाट आमाबाबुमा पनि संक्रमण सर्ने सम्भावान हुन्छ भने यदि आमा बाबुलाई संक्रमण भएमा बालबालिकालाई सर्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । त्यसैले पनि बालबालिकामा कोरोना संक्रमण हुनु भनेको उच्च जोखिम हुनु हो ।
वयस्कमा जसरी कोरोना संक्रमण भएपछि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, खानामा अरुचि हुने जस्ता लक्षण देखिने गरेका छन्। त्यस्ता लक्षण बच्चामा नदेखिन पनि सक्छ । हामीले परीक्षण गर्न पठाएका बच्चामा त्यस्ता कुनै लक्षण थिएनन । पखाला लागेर आएको बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैले मुख्य कुरा अभिभावकले आफनो बच्चामा कोरोनाको जस्तै ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण छैन् भनेर कोरोनाको आशंका नगरी बच्चालाई घरमै राख्ने वा वेवास्ता गर्ने काम नगरौं । किनकी बच्चामा सामान्य जस्तो देखिंदा पनि संक्रमण भएको हुन सक्छ । त्यसैले अभिभावक यो समयमा अलि चनाखो हुन जरुरी छ ।
पछिल्लो समय म कार्यरत ईशान बाल अस्पतालमा सर्जरी गर्नका लागि तयार पारिएका ३ जना बच्चामा पीसीआर गर्दा कोरोना पोजेटिभ देखिसकेको छ । जबकी उनीहरुमा कोरोनासँग मिल्दो कुनै पनि लक्षण थिएन । वयस्कमा जसरी कोरोना संक्रमण भएपछि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, खानामा अरुचि हुने जस्ता लक्षण देखिने गरेका छन्। त्यस्ता लक्षण बच्चामा नदेखिन पनि सक्छ । हामीले परीक्षण गर्न पठाएका बच्चामा त्यस्ता कुनै लक्षण थिएनन । पखाला लागेर आएको बच्चामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैले मुख्य कुरा अभिभावकले आफनो बच्चामा कोरोनाको जस्तै ज्वरो आउने, सास फेर्न गाह्रो हुने लक्षण छैन् भनेर कोरोनाको आशंका नगरी बच्चालाई घरमै राख्ने वा वेवास्ता गर्ने काम नगरौं । किनकी बच्चामा सामान्य जस्तो देखिंदा पनि संक्रमण भएको हुन सक्छ । त्यसैले अभिभावक यो समयमा अलि चनाखो हुन जरुरी छ । बच्चा अलि ठूलो र बुझ्ने छ भने अभिभावकले यो रोगको बारेमा जानकारी दिएर यसबाट बच्न मास्कको प्रयोग गर्न, अरुसँग भौतिक दूरी कायम गर्न तथा बेला बेलामा साबुन पानीले हात धुन सिकाउनु पर्छ । यसले गर्दा उनीहरु सचेत हुन्छन्।
अर्को कुरा सरकारले पनि बालबालिकामा संक्रमण बढेपछि उनीहरुको उपचारका लागि छुट्टै बाल अस्पतालमा उपचारको व्यवस्था गर्न जरुरी छ । बच्चाको उपचार र वयस्कको उपचार फरक हुन्छ । त्यसैले पनि सरकारले बच्चाको कोरोना उपचारका लागि भनेर अस्पताल तोकेर उपचारमा सहजता ल्याउनुपर्छ ।
त्यसो त देश संघीय संरचनामा गइसकेपछि सरकारले ७ वटै प्रदेशमा सरकारी बाल अस्पताल बनाउन जरुरी छ । अहिले सबै प्रदेशमा बाल अस्पताल भएको भए बच्चाको उपचारका लागि निकै सहज हुने थियो । अझै पनि ढिला नगरी सरकारले सातै प्रदेशमा बाल अस्पताल बनाउन पहल गर्नेपर्छ । कोरोना महामारी जस्तै अन्य रोगको महामारी आउँदा त्यसले धेरै बालबालिकाको ज्यान जोगाउन सहयोग गर्नेछ ।
(वरिष्ठ बाल शल्य चिकित्सक प्राडा चौधरी ईशान बाल तथा महिला अस्पतालका निर्देशक हुन्।)
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन