कोरोनाको सबै रेकर्ड तोड्दै भारत : एकैदिन ४ लाख नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणले सबै रेकर्ड तोड्न थालेको छ । गत २४ घण्टामा भारतमा ४ लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै एकैदिन देखिएको उच्च संख्या रहेको जनाइएको छ ।
उता गत २४ घण्टामा ३ हजार ५२३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ९१ लाख ६४ हजार ९६९ पुगेको । उता हालसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ८५३ जनाले ज्यान गुमाइसकेका छन्।
हालसम्म भारतमा १५ करोड ४९ लाख बढीलाई कोरोना विरुद्धको खोप दिइसकिएको छ । कोरोनाको दोस्रो वेभमा भारत सबैभन्दा बढी प्रभावित हुने देशमा सूचीकृत भएको छ । हाल विश्वमा भएका ४० प्रतिशत कोरोना संक्रमति भारतमा मात्र रहेको बताइएको छ । भारतमा पछिल्लो समय कोरोना नियन्त्रण बाहिर गएको छ । संक्रमितले बेड र अक्सिजन नपाएरै ज्यान गुमाउन बाध्य भइरहेका देखिन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण