बाँकेमा एकैदिन ११ संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा बिहिबार एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाको दोस्रो वेभमा सबैभन्दा बढी प्रभावित भएको बाँकेमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएको छ ।
बाँकेका अस्पतालमा भर्ना भएका ११ संक्रमितको हिजो एकैदिन मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जनाएका छन्। यसरी मृत्यु हुनेहरुमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जनाइएको छ ।
पछिल्लो समय अस्पताल आउने ९० प्रतिशत संक्रमितलाई अक्सिजनको सपोर्ट चाहिने देखिएको भेरी अस्पतालका डा राजन पाण्डे बताउँछन्। त्यहँ कयौं संक्रमितले बेड नपाएरै यताउता डुलाउँदा नै ज्यान गुमाउन बाध्य भइरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण