आज संक्रमण पुष्टि हुनेहरुमा २० देखि २९ वर्ष उमेर समूहका बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार गत २४ घण्टामा ४ हजार ८९७ जनामा कोरोना पुष्टि भएकोमा १२ सय २१ जना २० देखि २९ वर्षका रहेका छन्। पछिल्लो समय बालबालिका, किशोरकिशोरी र युवा समूहमा बढी संक्रमण देखिंदै आएको छ । यसैगरी आज कोरोना हुनेहरुमा ३० देखि ३९ वर्षका ११ सय ६० जना रहेका छन् भने ४० देखि ४९ वर्षमा ८९९ जनामा संक्रमण देखिएको छ ।
उता ५० देखि ५९ वर्षका ६०९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । ६० देखि ६९ वर्षका २७६ र ७० देखि ७९ वर्षका १२३ जनामा कोरोना पुष्टि भएको तथ्यांकमा उल्लेख छ । ८० देखि ८९ वर्षका भने जम्मा ३९ जना मात्र रहेका छन्। उता बालिबालिकामा पनि संक्रमण देखिने क्रम बढ्दो छ । जन्मेदेखि ९ वर्ष सम्मका ९९ बच्चामा आज कोरोना पुष्टि भएको छ भने ३१७ जना १० देखि १९ वर्षमा रहेका छन्।
कोरोनाको पहिलो लहरमा भने बालबालिका तथा युवामा खासै संक्रमण बढी थिएन भने जटिलता पनि कम रहेको थियो । तर कोरोनाको दोस्रो वेभ शुरु भए यता नै बालबालिका तथा युवामा संक्रमण र जटिलता दुबै उच्च रहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित