स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन निर्देशन दिएको छ।
मन्त्रालयले आज सचिवस्तरीय निणर्य गर्दै कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिएरहेकाले अस्पतालमा सेवा लिन आउने संक्रमितको प्रभावकारी उपचार व्यवस्थापनका लागि भन्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि बिदामा बसेकालाई तुरुन्त बोलाउन पनि निर्देशन दिएको छ।
यसैगरी अस्पतालको स्विकृत दरवन्दी रिक्त रहेको भए तुरुन्त व्यवस्थापन गर्न र करारमा ६ महिनाको लागि कर्मचारी भर्ना गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ । यसैगरी अस्पतालमा बिरामीको चाप र जनशक्ति हेरेर ओपीडी सेवा हाललाई स्थगित गर्न सक्ने समेत जनाएको छ ।
पछिल्लो दुई साता यता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाल देशभर आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित