कोरोनाको परीक्षण शुल्क बढी लिएको पाइएमा परीक्षण गर्न नपाउने गरी सूचीबाट हटाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर पीसीआर परीक्षण गरेको पाइएमा उक्त प्रयोगशालालाई परीक्षण गर्न पाउने सूचीबाट हटाइने जनाएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै केही प्रयोगशालामा बढी शुल्क लिएको भन्ने गुनासाे आएको भन्दै त्यसरी बढी शुल्क उठाएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत सूचीबाट हटाइने जनाएको हो ।
सरकारले हाल कोरोनाको पहिचान गर्न गरिने पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा एक हजार रुपैयाँ र निजी प्रयोगशालामा दुई हजार रुपैयाँ तोकेको छ । यति कसैले अन्य बहाना पारेर तोकिएको रकम भन्दा बढी शुल्क लिएमा कारवाहीमा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित