भारतमा पछिल्लो २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा बढी नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २४ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी २७ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
भारतमा प्रत्येक दिन कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । जसका कारण संक्रमितले बेड एवं अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य छन्। अहिले नयाँ संक्रमित थपिने देशहरुमा भारत नंबर वानमा आएको पाइन्छ । त्यसो त कुल संक्रमितको संख्या हेर्ने हो भने अमेरिकामा सबैभन्दा धेरै संक्रमित छन्। पछिल्लो केही सातायता भारतमा कोरोना नियन्त्रणभन्दा बाहिर गएको छ । त्यहाँ दैनिक रुपमा ३ लाख भन्दा बढी संक्रमित फेला पर्न थालेको नै ६ दिन भइसक्यो ।
भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख ३६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।लगभग १४ करोड ४५ लाख भन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । हिजो एकैदिन भारतमाम विभिन स्थानमा गरी १६ लाख बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण