भयावह हुँदै कोरोना संक्रमण : आज ३५५६ जना नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण भयावह हुँदै गएको छ । प्रत्येक दिन कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५५६ जना संक्रमित थपिएका छन्।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । उता गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ३ हजार १७६ पुगेको छ ।
कोरोनाको आशंकामा ६५ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर घटेर ९१ दशमलब ५ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार आज ३७८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
पछिल्लो समय उपत्यकामा लगभग सबै अस्पतालका आइसीयू फूल छन् भने हटस्पट बनेको बाँकेमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि कयौंं बिरामीलाई भुईमा राखेर अक्सिजन दिन थालिएको छ । उता कयौं होम आइसोलेसनमा बसेको संक्रमित गाह्रो हुँदा अस्पताल आउँदा बेड नपाएर उताउता गर्दा नै मृत्यु भइरहेका खबर आइरहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित