पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु, ३ हजार बढीमा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ । उता गत २४ घण्टामा देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ ।
गत २४ घण्टामा १० हजार ७८ जनाको पीसीआर र ७८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो
पछिल्लो समय कोरोना संक्रमणको कहर देशैभर तीब्र रुपमा बढिरहेको छ । एक महिना अघिसम्म ५ सय भन्दा कम सक्रिय संक्रमित रहेकोमा अहिले देशमा सक्रिय संक्रमितको संख्या नै १९ हजार ३८२ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित