औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना भएपछि नविकरणबाहेकका सेवा बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागका कर्मचारीमा कोरोना संक्रमण भएपछि नविकरणबाहेकका सबै सेवा बन्द भएको छ ।
विभागले आज विज्ञप्ति जारी गर्दै विभागका विभिन्न फाँटमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य जोखिमका कारण सेवाहरु बन्द गर्नुपर्ने जनाएको छ । विभागले नविकरणबाहेकका अन्य काम स्थगित गरेको जनाएको हो ।
कर्मचारीमा कोरोना पोजेटिभ भएपछि धेरै जना कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। विभागका महानिर्देशकसहितका कर्मचारी होम आइसोलेसनमा बसेको र पीसीआर परीक्षण गरेर रिपार्ट आएपछि मात्र कार्यालय आउने विभागले जनाएको छ ।
दुई सातायता काठमाडौं लगायतका विभिन्न शहरहरुमा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण