आज काठमाडौंका यी अस्पतालबाट लगाइँदैछ चिनियाँ खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज काठमाडौंका तीन अस्पतालबाट कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आजका लागि निजामती कर्मचारी अस्पताल मिनभवन, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आर्युर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर मा खोप केन्द्र तोकेको छ ।
भोलिदेखि भने थप ४ अस्पतालबाट खोप दिइने स्वास्थ्य कार्यालय काठमाठौंले जनाएको छ । भोलिदेखि परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज र हिमाल अस्पतालबाट पनि भेरोसिल खोप दिइने बताइएको छ । उता कोभिसिल्ड खोपको दोस्रो मात्रा दिनका लागि वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएको छ ।
मापदण्ड भित्र पर्ने व्यक्तिले यी अस्पतालहरुमा गएर खोप लगाएर कोरोनाको जोखिमबाट बच्न स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित