परीक्षण गरिएकामध्ये ९० प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना : सुशील कोइराला क्यान्सर अस्पतालको सेवा एक साता बन्द
हेल्थ टिभी अनलाइन \बाँके : परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा प्रभावित भएको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आफनो अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन नसकिने हुँदा एक साताका लागि इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिएको छ । भोलि वैशाख १२ गतेदेखि १८ गतेसम्म अस्पतालमा इमरजेन्सी सेवा मात्र दिन सकिने अस्पतालले जनाएको छ ।
पछिल्लो समय बाँके कोरोनाको दोस्रो लहरमा पनि हटस्पट बन्दै गएको छ । यसभन्दा अघिको कोरोनाको लहरमा पनि बाँके बढी प्रभावित भएको थियो । केही सातायता बाँकेमा पीसीआर परीक्षण गरिएकामध्ये ८० देखि ९० प्रतिशतमा कोरोना पोजेटिभ पुष्टि हुँदै आएको छ । उता मृत्युदर पनि दिनप्रतिदिन बढिरहेको छ । कोभिड डेडिकेटेट भेरी अस्पताल संक्रमितले खचाखच छ भने कयौं संक्रमितले बेड नपाएर खुला चौरमा उपचार गराइरहेका देखिन्छ्न्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण