सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार नजिक पुग्यो, अस्पतालमा बेड पाउनै मुश्किल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरका कारण नयाँ संक्रमित थपिने क्रम बढेर १५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ । माघ फागुणमा घटेर ५ सय भन्दा कम सक्रिय संक्रमित भइसकेको भए पनि अहिले फेरी आइसोलेसनमा सक्रिय संक्रमितको संख्या १५ हजार नजिक पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिएसँगै नेपालमा पनि कोरोना ह्वात्तै बढेको छ । हालसम्म नेपालमा झण्डै ३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार १२२ जनाको मृत्यु भइसकेको छ । दैनिक रुपमा सिकिस्त कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशका अधिकांस अस्पतालहरुका बेड भरिभराउ भएका छन् भने कयौंले बेड नपाएका गुनासाहरुा बाहिर आउन थालेका छन् । आइसीयू र भेन्टिलेटर पाउन त कयौं दिन कुर्नुपर्ने अवस्था आएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका चिकित्सक अनुप बास्तोलाले अस्पताल सिकिस्त संक्रमितले भरिएको र अब आउने संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सबैलाई सचेत हुन अपिल गरेका छन्। उता स्वास्थ्य मन्त्रालयले पनि यही गतिमा कोरोना संक्रमण बढेमा अहिले भएका स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै अत्यावश्यक नपरेसम्म घरबारिह ननिस्कन र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न सबैलाई आग्रह गर्दै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण