सूर्य चुरोटको अवैध काम : बाल अस्पताल निर्माण गर्न ५ करोड दिंदै
ऐन अनुसार सुर्ती उद्योगको आर्थिक सहायता लिन नमिल्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाल अस्पताल निर्माणका लागि डा भगवान कोइराला संस्थापक अध्यक्ष रहेको अस्पताललाई कानून मिचेर सुर्य नेपाल प्राइभेट लिमिटेडले ५ करोड रुपैयाँ दिन लागेको खुल्न आएको छ ।
काठमाडौंको बुढानिलकण्ठमा बन्न लागेको ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ र सुर्य नेपाल कम्पनीबीच आज सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । काठमाडौंको मेरियट होटलमा राखिएको कार्यक्रममा डा भगवान कोइराला स्वयं उपस्थित भएर सो सम्झौतामा हस्ताक्षर गर्ने भन्दै पत्रकारलाई निम्तो पठाइएको छ ।
नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार कुनै पनि स्वास्थ्य संस्था वा अन्य संस्थाले चुरोट कम्पनीबाट कुनै पनि आर्थिक सहयोग वा स्पोन्सर लिन पाइँदैन । यो सरासर कानून विपरित हो । तर डा भगवान कोइराला आफै नसर्ने रोग विरुद्धको अभियन्ता भएर पनि किन चुरोट कम्पनीको सहयोग लिन खोजे ठूलो प्रश्न खडा भएको छ ।
ऐन अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत भनेर कुनै पनि संस्थालाई आर्थिक, भौतिक, प्राविधिक वा संरचनागत कुनै पनि किसिमको सहयोग चुरोट उत्पादक कम्पनीले गर्न पाउने छैन्। यसका साथै सुर्ती उद्योगबाट प्रदान गरिने छात्रवृत्ति, आर्थिक सहायता, पुरस्कार, प्रोत्साहन भत्ता कसैले पनि लिन पाउने छैन्। यसैगरी सार्वजनिक पदमा रहेका पदाधिकारीले सुर्ती उद्योगबाट प्रदान गरिने पुरस्कार, भत्ता समेत लिन नपाउने ऐनमा उल्लेख छ । साथै सार्वजनिक पदमा भएकाले सुर्ती उद्योगले आयोजना गरेको राष्ट्रिय र अन्तराष्ट्रिय गोष्ठीमा सहभागिता समेत जनाउन नपाउने ऐनमा उल्लेख छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण