नेपालमा बढ्दो कोरोना कहर : आज एकैदिन २३५१ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणको अवस्था दिनप्रतिदिन भयावह हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ७८६, भक्तपुृरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएकोहो । गत २४ घण्टामा ८ हजार यसैगरी गत २४ घण्टामा ८ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको थियो भने ८०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १० हजार ५८२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उता ८६ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्। मन्त्रालयका अनुसार हाल १८० जना संक्रमित आइसीयूमा रहेकामध्ये ४७ जना भेन्टिलेटरमा रहेका छन्। पछिल्लो २४ घण्टामा २८७ जना संक्रमणमुक्त भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम