मास्क नलगाउनेले सार्वजनिक यातायात चढ्न नपाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमण तीब्र रुपमा बढ्दै गएपछि विभिन्न किसिमका जनस्वास्थ्यका मापदण्ड निर्धारण गरेको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासनले सूचना जारी गर्दै मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न नदिने लगायतका १४ बुँदे मापदण्ड जारी गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा मास्क नलगाएका व्यक्तिलाई यातायातमा नचढाउन आग्रह गरिएको छ । यदि चढाउनै परेमा बढीमा १० रुपैयाँ लिएर मास्क दिएर मात्र गाडीमा चढाउन समेत आग्रह गरिएको छ । यसैगरी कार्यालय तथा पसलहरुमा पनि कसैले मास्क लगाएको छैन् भने उनीहरुलाई पनि मास्क लगाउन लगाएर मात्र भित्र प्रवेश गर्न दिन सूचनामा अपिल गरिएको छ । कोरोनाको दोस्रो लहर नेपालमा तीब्र रुपमा फैलिन थालेपछि सरकारले विद्यालय, कलेज तथा विश्वविद्यालय बन्द गरी अनलाइन मार्फत पढाउन निर्देशन दिइसकेको छ ।
नेपालमा कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमण समूदायसम्म फैलिसकेको भन्दै सरकारले सबैलाई जनस्वास्थ्यका मापदण्ड मास्कको प्रयोग, २ मिटरको भौतिक दूरी र हात सफा गरिरहने कामको पालना गर्न आग्रह गर्दै आएको छ । नेपालमा अहिले देखिएको यूके भेरियन्ट बढी नै संक्रामक भएकाले यसले पुराउने क्षति पनि अत्यन्त बढी हुने हुँदा सबैले ख्याल नगरेमा स्थिति भयावह हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता सरकारले २५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने भन्दै यसअघि नै निर्णय गरिसकेको छ । देशमा हालसम्म २ लाख ८७ हजार ५६७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ४ हजार २ जनाको मृत्यु भइसकेको छ ।
अर्कोतिर कोरोना विरुद्धको खोप अभियान पनि जारी रहेको छ । मंगलबारबाट पहिलो प्राथमिकतामा परेकाहरुलाई दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित