Health TV Online
Health TV Online
Health TV Online

आजबाट कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइँदै

आजबाट कोरोना विरुद्धको दोस्रो डोज खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि कोरोना विरुद्धको दोस्रो डोज खोप अभियान शुरु गरेको छ ।

पहिलो प्राथमिकतामा परेर पहिलो डोज खोप लगाएकालाई आजबाट दोस्रो डोज दिन शुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।

खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाकामा मात्रै ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। यसैगरी देशैभरका ९५३ खोप केन्द्रबाट  कोरोना खोप लिन सकिनेछ ।मन्त्रालयले आफूलाई पायक पर्ने सरकारले तोकेका स्वास्थ्य संस्थामा वैशाख ७ देखि ११ गतेसम्म गएर खोप लगाउन आग्रह गरेको हो ।

सरकारले भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, पत्रकार लगायतलाई दिएको थियो ।

उनीहरुले नै आजदेखि दोस्रो डोज खोप लिन लागेका हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार