पछिल्लो २४ घण्टामा थपिए १ हजार ९६ नयाँ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८४ पीसीआर परीक्षण र ६९९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पीसीआरबाट एक हजार १५ र एन्टिजेटबाट ८१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ ।
उता हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ । हाल देशभर ६ हजार २९० सक्रिय संक्रमित रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण