शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
यसैगरी बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने जनाएको छ ।
केही साता यता देशका मुख्य शहरहरुमा कोरोनाको दोस्रो लहर बढिरहेको र त्यसमा पनि बालबालिका बढी प्रभावित भएपछि स्वास्थ्य मन्त्रालय नै विद्यालय कम्तीमा तीन साता बन्द गर्नुपर्ने प्रस्ताव सीसीएसीमा लगेको थियो । सीसीएमसीको यो सिफारिस मन्त्रीपरिषदमा गएपछि निर्णय हुनेछ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम