शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
यसैगरी बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने जनाएको छ ।
केही साता यता देशका मुख्य शहरहरुमा कोरोनाको दोस्रो लहर बढिरहेको र त्यसमा पनि बालबालिका बढी प्रभावित भएपछि स्वास्थ्य मन्त्रालय नै विद्यालय कम्तीमा तीन साता बन्द गर्नुपर्ने प्रस्ताव सीसीएसीमा लगेको थियो । सीसीएमसीको यो सिफारिस मन्त्रीपरिषदमा गएपछि निर्णय हुनेछ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा