शनिबार थप ८४३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७६८ जनामा र ६७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ प्रतिशत रहेको छ । कोरोनाको आशंकामा ७४ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ५४५ जना सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा