ललितपुरको स्टार अस्पतालसहित ५ वटा निजी अस्पतालबाट पनि लगाइँदैछ चाइनिज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर जिल्ला प्रशासनले सानेपास्थित स्टार अस्पतालसहित ५ अस्पताललबाट सर्वसाधारणलाई चाइनिज खोप लगाउने व्यवस्था गरेको छ ।
शुक्रबारबाट लागू हुने गरी ३ दिनका लागि खोप लगाउने व्यवस्था गर्न अस्पताललाई पत्र पठाएसँगै यी अस्पतालबाट पनि चाइनिज भेरोसिल खोप लगाइँदैछ । खोप आइतबारसम्म मात्र चल्नेछ । १८ वर्षदेखि ५९ वर्षसम्मका सर्वसाधारणले आफनो उमेर खुल्ने परिचय पत्र लिएर आएर खोप लगाउन सक्ने स्टार अस्पतालका डा सन्देश जिसीले बताए । उनले बिहान ९ बजेदेखि ३ बजेसम्म खोप कार्यक्रम सूचारु हुने समेत जनाए ।
यसैगरी ललिलपुरको जावलाखेलमा रहेको अल्का अस्पताल, निदान अस्पताल, मेडिसिटी, सुमेरु अस्पतालबाट पनि खोप सञ्चालन भएको छ । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप अभियान अहिले जारी रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण