ललितपुरको स्टार अस्पतालसहित ५ वटा निजी अस्पतालबाट पनि लगाइँदैछ चाइनिज खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुर जिल्ला प्रशासनले सानेपास्थित स्टार अस्पतालसहित ५ अस्पताललबाट सर्वसाधारणलाई चाइनिज खोप लगाउने व्यवस्था गरेको छ ।
शुक्रबारबाट लागू हुने गरी ३ दिनका लागि खोप लगाउने व्यवस्था गर्न अस्पताललाई पत्र पठाएसँगै यी अस्पतालबाट पनि चाइनिज भेरोसिल खोप लगाइँदैछ । खोप आइतबारसम्म मात्र चल्नेछ । १८ वर्षदेखि ५९ वर्षसम्मका सर्वसाधारणले आफनो उमेर खुल्ने परिचय पत्र लिएर आएर खोप लगाउन सक्ने स्टार अस्पतालका डा सन्देश जिसीले बताए । उनले बिहान ९ बजेदेखि ३ बजेसम्म खोप कार्यक्रम सूचारु हुने समेत जनाए ।
यसैगरी ललिलपुरको जावलाखेलमा रहेको अल्का अस्पताल, निदान अस्पताल, मेडिसिटी, सुमेरु अस्पतालबाट पनि खोप सञ्चालन भएको छ । चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप अभियान अहिले जारी रहेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा