भारतमा एकैदिन २ लाख ३४ हजार कोरोना संक्रमित थपिए, १३४१ को मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ३४ हजार ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा पहिलोपटक १३४१ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । भारतमा लगातार तेस्रो दिन २ लाख भन्दा बढी संक्रमित फेला परेका हुन्।
योसँगै भारतमा हालसम्म १ करोड ४५ लाख २६ हजा ६०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उता कोरोना संक्रमण भएर हालसम्म ज्यान गुमाउनेको संख्या नै १ लाख ७५ हजार ६४९ पुगेको छ । यसैगरी हाल देशभर १६ लाख ७९ हजार ७४० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकै क्रममा पनि त्यहाँ कोरोना विरुद्धको खोप दिने काम पनि सरकारले अघि बढाइरहेको छ ।
।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा