बढ्दैछ छ संक्रमितको संख्या, आज ९ सय जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित थपिने क्रम दिनप्रतिदिन बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा देशभर ५ हजार ५३७ पीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा कोरोना पुष्टि भएको हो भने ६३१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
उता गत २४ घण्टामा थप ४ जना कोरोना संक्रमतिको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ पुगेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा