जन्मेको २ दिनमा कोरोना संक्रमण, १४ दिनमा मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमणबाट १४ दिनको बच्चाको मृत्यु भएको छ ।
भारतको गुजरातमा १४ दिनको नवजात शिशुको मृत्यु भएको हो । गुजरातको सूरतको वराछा स्थित डायमंड अस्पतालमा उनको मृत्यु भएको हो । आमामा रुघाखोकी ज्वरो आइरहेका बेला जन्मिएकी बच्चीमा जन्मेको दुई दिनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरेर प्लाज्मा समेत चढाइएको भए पनि बिहिबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
भारतमा दोस्रो लहरको कोरोना संक्रमणमा बालबालिका तथा युवा समूह बढी प्रभावित भएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण