पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ५६४ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४४ जनामा कोराना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।
यसैगरी गत २४ घण्टामा देशका विभिन्न भागमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ । उता कोरोनाको आशंकामा क्वारेन्टाइमा रहनेको संख्या ६८ रहेको छ ।
हाल देशभर ४ हजार ३८४ सक्रिय संक्रमित रहेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा