नेपालमा कोरोनाको नयाँ भेरियन्ट : बालबालिका तथा युवा बढी प्रभावित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोनाको दोस्रो लहरमा बालबालिका र युवा उमेरका समूह बढी प्रभावित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो समय बालबालिका तथा युवाहरुमा बढी संक्रमण देखिएको हो ।
यसअघिको संक्रमणमा वृद्धवृद्धा तथा दीर्घ रोगीलाई बढी असर देखिएको भए पनि यसपटक भने बालबालिका तथा युवाहरुमा बढी संक्रमण र जटिलता देखिएको छ । कान्ति बाल अस्पतालमा मात्र सोमबारसम्म २२ जना बालबालिका कोरोना संक्रमण भएर भर्ना भएको र त्यसमध्ये २ जना बच्चाको कोरोना संक्रमणकै कारण मृत्यु भएको कान्ति बाल अस्पतालका निर्देशक डा आरपी विच्छाले बताए । उनले यसपटक बालबालिकामा धेरै नै जोखिम र जटिलता देखाएको बताउँदै विशेष ख्याल गर्नुपर्ने बताए ।
उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा कोरोनको यूके भेरियन्ट र अन्य भेरियन्ट पनि प्रमाणित भइसकेको भन्दै नेपालमा अहिले कोरोना संक्रमण फैलनुको कारण पनि नयाँ भेरियन्ट नै भएको बताए । उनले नेपालमा अहिले धेरैमा देखिएको भने यूके भेरियन्ट रहेको जनाए । यूके भेरियन्टले कम उमेरका समूहलाई बढी प्रभावित गरिरहेको छ । अहिले कोरोना संक्रमतिमध्ये आइसीयूमा भर्ना हुने ५० प्रतिशत ५० वर्ष मूनिका रहेको भन्दै यो समूहले अझ बढी ख्याल गर्नुपर्ने समय आएको उनको भनाई छ ।
उनले भने, ‘स्थिति भयावह हुँदैछ यही गतिमा संक्रमण बढेमा र जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने हाम्रा स्वास्थ्य संस्थाले थेग्नै नसक्ने गरी संक्रमण फैलिनसक्छ त्यसैले बेलैमा सचेत बनौँ ।’
अहिले बालबालिका बढी जोखिममा रहेको भन्दै एक महिनाका लागि विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई सिफारिस गरेको भए पनि सोबारे अहिलेसम्म पनि कुनै निर्णय हुन सकेको छैन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित