पछिल्लो २४ घण्टामा थपिए ६०३ जना नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज नयाँ वर्षको दिन ६०३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरका प्रयोगशालमा ४ हजार २८९ पीसीआर परीक्षण गरिएकोमा ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उता भारतबाट आएका व्यक्तिहरुमध्ये ४९१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यी दुबै संख्या गरी आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६०३ पुगेको हो ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या बढेर ४ हजार ५६ पुगेको छ । उता हाल ८० जना आइसीयूमा र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको छ । काठमाडौं उपत्यकामा आज २५४ जनामा कोरोना पुष्टि भएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा