भारतमा एकैदिन १ लाख ८५ हजार नयाँ संक्रमित थपिए, १ हजारभन्दा बढीको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा यतिबेला कोरोना संक्रमण नियन्त्रणबाहिर गएको छ । प्रत्येक दिन कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पनि तीब्र रुपमा बढिरहेको पाइन्छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमति थपिएका छन्। उता गत २४ घण्टामा १ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १३ लाख बढी पुगेको छ । पछिल्लो समय सिकिस्त संक्रमितले समेत अस्पतालमा बेड पाउन छोडेपछि अस्थायी अस्पताल बनाउने काम पनि सरकारले तीब्र पारेको छ ।
केही दिन यता भारतमा दैनिक रुपमा डेढ लाख भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३८ लाख भन्दा बढी पुगिसकेको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा