आज देशभर ५१७ नयाँ संक्रमित थपिए, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेट गरी देशभर ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । उता पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संखया ३ हजार ६०८ रहेको छ भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको मन्त्रालयले जनाएको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा