आज देशभर ५१७ नयाँ संक्रमित थपिए, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेट गरी देशभर ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । उता पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ ।
पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि संक्रमणदर ह्वात्तै बढेको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संखया ३ हजार ६०८ रहेको छ भने कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ८५ रहेको मन्त्रालयले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित