आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु, ४९६ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको हो । दुई महिना अघिसम्म शुन्यमा झरेको मृत्युदर अहिले फेरी ह्वात्तै बढेको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । उता गत २४ घण्टामा थप ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा देशभर ५ हजार १०५जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभर सक्रिय कोरोना संक्रमितको संख्या बढेर ३ हजार ३०६ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा दोस्रो लहरको कोरोना बढेसँगै नेपालमा पनि कोरोना संक्रमित थपिने क्रम बढेको छ भने मृत्युदर पनि बढ्न थालेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने