Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु

बुटवलमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलस्थित कोरोना विशेष अस्पतालमा सोमवार बिहान एकै दिन कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । केही दिन यता शुन्यमा झरेको मृत्युदर बढ्दै गएको छ ।

रुपन्देही, कपिलवस्तु र अर्घाखाँचीका गरी दुुई महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । रुपन्देहीको तिलोत्तमा १ की ७१ वर्षिया महिला, अर्घाखाँची मालारानी गाउँपालिका ३ की ७९ वर्षिया महिला र कपिलवस्तु वाणगंगा नगरपालिका ३ का ७९ वर्षिय पुरुषको मृत्यु भएको हो ।

उनीहरु ज्वरो, निमोनिया, स्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएका थिए ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार