Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल

कोरोना कहर : महाराष्ट्रमा सिकिस्त संक्रमितलाई समेत आइसीयू पाउन मुश्किल

हेल्थ टिभी अनलाइन : यतिबेला भारतको महाराष्ट्र कोरोनाको दोस्रो लहरको सबैभन्दा बढी चपेटामा परेको छ । देशभरका संक्रमितमध्ये झण्डै आधा संक्रमित महाराष्टमा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महाराष्ट्रका अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर पाउनै मुश्किल भएको बताइएको छ ।

महाराष्ट्रमा भएका आइसीयूमध्ये ७५ प्रतिशतभन्दा बढी आइसीयूमा कोरोना संक्रिमित रहेको र अन्य २५ प्रतिशत बेडमा मात्र अन्य दीर्घ र सिकिस्त रोग भएका बिरामी रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले संक्रमित दैनिक रुपमा लाख भन्दा बढी देखिन थालेपछि सकेसम्म होम आइसोलेसनमा बस्न र गाह्रो परे मात्र अस्पताल आउन आग्रह गर्दै आएको छ । तर पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुमा बढी जटिलता देखिएपछि धेरै अस्पताल भर्ना भइरहेका छन्। जसका कारण महाराष्ट्रका अस्पतालमा अहिले सिकिस्त संक्रमित लगायत अन्य रोगका बिरामीलाई बेड तथा आइसीयू पाउनै मुश्किल परिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि