पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुनेहरुमा युवायुवती बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्ला केही दिन यता कोरोनाको ग्राफ उकालो लागिरहेको छ । केही अघि समयअघिसम्म कोरोना संक्रमणको जोखिम वृद्धवृद्धा एवं दीर्घ रोग भएकालाई बढी हुन्छ भनेर भनिए पनि अहिले नेपालमा कोरोना संक्रमण युवायुवतीमा बढी देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा अनुप बास्तोलाले पछिल्लो समय भर्ना हुन भएका संक्रमितमध्ये अधिकांस युवायुवती भएको र उनीहरुमा जटिलता पनि बढेको बताए । उनले युवायुवती त्यसमा पनि मोटा व्यक्तिहरुमा बढी समस्या भएको जनाए । तीन साताअघिसम्म निकै कम रहेको कोरोनाको संक्रमण अहिले भारतमा बढेसँगै नेपालमा पनि उकालो लाग्न थालेपछि सरकारले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय विद्यालय जाने उमेर समूह र कलेज जाने उमेर समूहका युवायुवतीमा बढी संक्रमण देखिएको भन्दै सबैलाई मास्क अनिवार्य लगाउन तथा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन्। युवायुवती कामका सिलसिलामा बढी बाहिर निस्कने र संक्रमणको जोखिम लिएर फर्कने हुँदा काममा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न र हात धुन नबिर्सन डा गौतमले आग्रह समेत गरे । उनले भने, ‘यो त मेरै साथी हो के कोरोना सार्ला र भन्ने बानीले संक्रमण फैलिरहेको छ । त्यसैले मास्क चिउँडोमा राखेर कुरा गर्ने हैन। यसको सही प्रयोग गर्न जरुरी छ ।’
डा गौतमले नयाँ भेरियन्ट बढी युवायुवतीमा देखिएकाले आइसीयू र भेन्टिलेटरमा पनि उनीहरु पुगिरहेको भन्दै विशेष गरी यो बेला युवयुवतीले आफूलाई र घरमा रहेका जेष्ठ नागरिकलाई संक्रमणबाट बचाउन जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने बताए । आजसम्मको तथ्यांक अनुसार ८९ जना संक्रमित आइसीयूमा रहेका छन् भने १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन