काठमाडौं उपत्यकामा १५४ सहित ३६७ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा १५४ जना सहित आज थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पीसीआर परीक्षण गर्दा ३०३ जना र एन्टिजेन परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । यीमध्ये २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको संख्या मृत्यु भएसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ४० पुगेको छ । हाल देशभर २९ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै