Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमण दर बढ्यो : परीक्षण बढेन

नेपालमा कोरोना संक्रमण दर बढ्यो : परीक्षण बढेन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा केही दिन यता कोरोना संक्रमित थपिने क्रम बढे पनि पीसीआर परीक्षण भने बढेको छैन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै देशभरका ल्याबलाई तयारी अवस्थामा बस्न र परीक्षण बढाउन आग्रह गरेको भए पनि हालसम्म परीक्षण भने बढ्न सकेको छैन्। मन्त्रालयको तथ्यांक हेर्दा गत एक सातादेखि कोरोना परीक्षणको संख्या उस्तै नै देखिन्छ जबकी यो एक सातामा संक्रमण पुष्टि हुनेको संख्यामा भने भारी वृद्धि भएको छ ।

हाल पीसीआर गर्ने संख्या ३ हजार देखि ४ हजारको हाराहारीमा रहेको छ । जनस्वास्थ्य विज्ञहरू संक्रमणको दर बढिरहँदा पीसीआर परीक्षण बढाउनुपर्ने बताउँछन् । तर सरकारले प्रयोेगशालाको क्षमता अनुसार पनि परीक्षण बढाउन सकेको छैन्।

मन्त्रालयका अनुसार गत आइतबार ३ हजार ४५६ जनाको पीसीआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको थियो भने त्यही संख्याको हाराहारीमा हिजो अर्थात शनिबार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसले पनि संक्रमण बढ्दै गएको पुष्टि गरे पनि परीक्षणको दायरा नबढ्नु दुखद भएको विज्ञहरु बताउँछन्।

हाल देशभर ८४ वटा ल्याबबाट पीसीआर परीक्षण हुँदै आएको छ । ती मध्ये ४८ वटा सरकारी र ३६ वटा नीजि ल्याब रहेका छन्।

उता भारतबाट आउने नेपालीहरुमा पनि एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिने क्रम बढ्दै गएको छ । हाल देशभर २८ सय सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म २ लाख ७९ हजार ७२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ३९ जना संक्रमितले ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि