भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर : एकैदिन १ लाख ५२ हजार संक्रमित थपिए
हेल्थ टिभी अनलाइन : भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै आंशिंक रुपमा लकडाउन तथा थुप्रै बन्देजहरु लगाउँदा पनि संक्रमण दिन प्रतिदिन झनझन बढ्दो क्रममा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ५२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्। यसैगरी गत २४ घण्टामा ८३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
केही दिन यता भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।
अस्पतालहरुमा संक्रमित खचाखच रहेका छन् भने कयौं संक्रमितले बेड समेत पाइरहेका छैनन् । भारतमा अर्कोतर्फ कोरोना विरुद्धको खोप अभियान पनि जारी नै रहेको छ । हालसम्म १० करोडले कोरोना विरुद्धको खोप लिइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने