Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतबाट आएका थप २६ जनामा कोरोना पुष्टि

भारतबाट आएका थप २६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतबाट फर्किएका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका नेपालीको सीमा नाकाको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

भारतमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिन थालेपछि त्यहाँ रहेका धेरै नेपालीहरु धमाधम घर फर्किरहेका छन्। उनीहरुसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने भन्दै सरकारले सीमा नाकाहरुमा गत चैत ६ गतेदेखि हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण गर्दै आएको छ । गत २४ घण्टामा विभिन्न नाकाहरुमा ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना देखिएको हो । गड्डाचौकी कंचनपुर नाकामा रहेको हेल्थ डेस्कमा ५ जना र कंचनपुरकै त्रिनगर हेल्थ डेस्कमा २१ जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयले जनाएको छ ।

हिजो पनि भारतबाट फर्किएका ५२ जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सीमा नाकामा नेपाल प्रवेश गर्ने ८ हजार ४२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ती मध्ये ३५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार