भारतबाट आएका थप २६ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : भारतबाट फर्किएका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका नेपालीको सीमा नाकाको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भारतमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिन थालेपछि त्यहाँ रहेका धेरै नेपालीहरु धमाधम घर फर्किरहेका छन्। उनीहरुसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने भन्दै सरकारले सीमा नाकाहरुमा गत चैत ६ गतेदेखि हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण गर्दै आएको छ । गत २४ घण्टामा विभिन्न नाकाहरुमा ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा कोरोना देखिएको हो । गड्डाचौकी कंचनपुर नाकामा रहेको हेल्थ डेस्कमा ५ जना र कंचनपुरकै त्रिनगर हेल्थ डेस्कमा २१ जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयले जनाएको छ ।
हिजो पनि भारतबाट फर्किएका ५२ जनामा कोरोना पुष्टि भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म सीमा नाकामा नेपाल प्रवेश गर्ने ८ हजार ४२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ती मध्ये ३५० जनामा कोरोना पोजेटिभ देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण