नेपालमा हालसम्म २३ लाखभन्दा बढीले गरे पीसीआर परीक्षण
सरकारी ल्याबबाट परीक्षण गर्नेको संख्या १४ लाख ८५ हजार २१४
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म २३ लाख २ हजारभन्दा बढीले कोरोनाको आशंकामा पीसीआर परीक्षण गराएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबारसम्म देशभरका ८४ वटा ल्याबबाट कोरोनाको आशंकामा पीसीआर परीक्षण गराउनेको संख्या २३ लाख २ हजार १७३ पुगेको छ । परीक्षण गराएकामध्ये २ लाख ७९ हजार १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा शुरुमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पीसीआर परीक्षण गर्न शुरु गरिएको थियो । पछि यसलाई विस्तार गर्दै हाल देशभर नीजी र सरकारी गरी ८४ वटा ल्याबबाट कोरोनाको पीसीआर विधिबाट परीक्षण हुँदै आएको छ । ती मध्ये ४८ वटा सरकारी ल्याब रहेका छन् भने ३६ वटा नीजि रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म सरकारी ल्याबबाट १४ लाख ८५ हजार २१४ जनाको पीसीरआ परीक्षण गरिसकिएको छ ।
उता नीजि ल्याबहरुले ८ लाख १६ हजार ९५९ जनाको पीसीआर परीक्षण गरेका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ३ हजार ३८ जनाको मृत्यु भएको छ । संक्रमण भएर निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २४ सय ५४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित