नेपालमा बढ्दैछन् कोरोना संक्रमित : आज ३३२ जना थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्ला केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
दैनिक एक सय भन्दा कममा झरेको कोरोना संक्रमितको संख्या अहिले प्रत्येक दिन बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो पीसीआर र एन्जिेन गरी ३३९ जनामा कोरोना पुष्टि भएको थियो ।
भारतमा कोरोना संक्रमण उच्च भएका बेला नेपालमा पनि संक्रमण दर बढ्न थालेको हो । भारतबाट आउनेहरुमा धमाधम संक्रमण पुष्टि भइरहेको छ । हालसम्म नेपालमा २ लाख ७९ हजार १ सय जनामा कोरोना पुष्टि भइसकेको छ भने ३ हजार ३८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
अहिले देशका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा रहनेको संख्या ७७ रहेको छ । सक्रिय संक्रमितको संख्या बढेर २४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो