भारतमा कोरोना कहर : एकैदिन १ लाख २६ हजारमा संक्रमण पुष्टि, ६८४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना कहरले महासंकट निम्त्याएको छ । दोस्रो लहरको कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेपछि थुप्रै प्रतिबन्ध समेत लगाउन थालिएको छ तर पनि संक्रमण रोकिने संकेत नै देखिएको छैन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजार ३१५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी गत २४ घण्टामा ६८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्र, दिल्ली, पंगाब, गुजरात जस्ता राज्यहरुमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। जसका कारण यी राज्यहरुमा विद्यायल कलेज सबै बन्द गरिएका छन्।
उता सरकारले कोरोना विरुद्धको खोप अभियान पनि जारी नै राखेको छ ।भारतमा हालसम्म १ करोड २९ लाख २६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ६६ हजार ८९२ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल