भारतमा कोरोना कहर : एकैदिन १ लाख २६ हजारमा संक्रमण पुष्टि, ६८४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतमा कोरोना कहरले महासंकट निम्त्याएको छ । दोस्रो लहरको कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेपछि थुप्रै प्रतिबन्ध समेत लगाउन थालिएको छ तर पनि संक्रमण रोकिने संकेत नै देखिएको छैन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख २६ हजार ३१५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी गत २४ घण्टामा ६८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतको महाराष्ट्र, दिल्ली, पंगाब, गुजरात जस्ता राज्यहरुमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। जसका कारण यी राज्यहरुमा विद्यायल कलेज सबै बन्द गरिएका छन्।
उता सरकारले कोरोना विरुद्धको खोप अभियान पनि जारी नै राखेको छ ।भारतमा हालसम्म १ करोड २९ लाख २६ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ६६ हजार ८९२ जनाको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण