पछिल्लो २४ घण्टामा ३३९ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार १ सय जनाको पीसीआर परीक्षण गर्दा २९८ जनामा र एन्टिजेनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ । उता गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित गरी देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३८ पुगेको छ ।
हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या २२ सय १ पुगेको मन्त्रालयले जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?