नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या बढेर २ हजार नजिक पुग्यो
आज २६० जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६० जना संक्रमित थपिएका हुन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९ सय ७९ पुगेको छ ।
केही समयअघि ५ सयको हाराहारीमा रहेको सक्रिय संक्रमितको संख्या एक साता यता बढेर २ हजारको हाराहारीमा पुगेको हो । यसैगरी आज ११३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु संख्या भने शुन्य रहेको छ । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ । उता कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ३ हजार ३६ रहेको छ ।
भारतमा कोरोना संक्रमण बढ्न थालेपछि नेपालमा पनि संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो