नेपालमा फेरी उकालो लाग्दै कोरोना संक्रमण : आज मात्रै २६६ संक्रमित थपिए, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडाैं : नेपालमा कोरोना संक्रमण फेरी एकपटक बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। गत २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेकाे छ । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा केही दिन यता नेपालमा पनि बिस्तारै संक्रमितको संख्या बढ्न थालेको छ । यसअघि पनि भारतमा कोरोना संक्रमण बढेको तीन सातापछि नेपालमा संक्रमण दर ह्वात्तै बढेको थियो ।
यही बीचमा सरकारले कोरोना संक्रमण बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ भने कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले नाकाहरुमा हेल्थ डेस्क राख्ने, एन्टिजेन परीक्षण गर्ने तथा मास्क वितरण गर्ने काम गत सातादेखि नै शुरु गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण