नेपालमा फेरी उकालो लाग्दै कोरोना संक्रमण : आज मात्रै २६६ संक्रमित थपिए, ४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडाैं : नेपालमा कोरोना संक्रमण फेरी एकपटक बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। गत २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेकाे छ । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा केही दिन यता नेपालमा पनि बिस्तारै संक्रमितको संख्या बढ्न थालेको छ । यसअघि पनि भारतमा कोरोना संक्रमण बढेको तीन सातापछि नेपालमा संक्रमण दर ह्वात्तै बढेको थियो ।
यही बीचमा सरकारले कोरोना संक्रमण बढ्न सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ भने कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले नाकाहरुमा हेल्थ डेस्क राख्ने, एन्टिजेन परीक्षण गर्ने तथा मास्क वितरण गर्ने काम गत सातादेखि नै शुरु गरेको छ ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स