‘चीनले अनुदानमा दिएको कोरोना खोप चैत २५ गतेदेखि लगाउन सुरू गरिने’
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोना विरुद्धको खोप यही चैत २५ गतेदेखि लगाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चैत २५ गतेदेखि खोप दिने तयारी भएको बताए। उनले भने, ‘अहिलेलाई काठमाडौं उपत्यकाबाट २५ गतेदेखि खोप दिने तयारी भएको छ । त्यसका लागि अस्पतालहरु छिट्टै तोकिने छ ।’
डा गौतमले यो चाइनिज खोप पढाइ, रोजगार, व्यापार तथा अन्य कामको शिलशिलामा चीन जाने आउने गरिरहन पर्ने समूहलाई प्राथमिकतामा राखेर दिन लागिएको बताएका छन्। उनले चीनमा धेरै काम परिरहने समूह र यसअघि आकिस्मक सेवा अन्तर्गतको सेवामा काम गर्ने कर्मचारी जो खोप लगाउन छुटेका थिए उनीहरुलाई लगाइने बताए । बाँकी रहेमा भने अन्य ४० देखि ५९ वर्षसम्मका समूहलाई खोप दिइनेछ ।
चीन सरकारले नेपाललाई गत साता सहयोग स्वरुप वेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ – २ भ्याक्सिन (भेरोसेल) खोप हस्तान्तरण गरेकाे थियो । उक्त खोप नै अहिले दिन लागिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण