भारतमा कोरोना कहर : एकै कलेजका ६५ विद्यार्थीमा देखियो संक्रमण
हेल्थ टिभी अनलाइन : भारतको राजस्थानको जोधपुरमा रहेको एक कलेजमा एकैपटक ६५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जोधपुरको इंडियन इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका विद्यार्थीमा कोरोनाको जस्तै लक्षण देखिएपछि परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पोजेटिभ आएको थियो । पछि उनीहरुको सम्पर्कमा आएका अन्य विद्यार्थीमा पनि परीक्षण गर्दा थप ४९ जनामा पनि कोरोनको रिपोर्ट पोजेटिभ आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।
एकैपटक धेरै विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि हाल कलेज बन्द गरिएको छ भने संक्रमित विद्यार्थीलाई आइसोलेसनमा पठाइएको बताइएको छ । भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । यही क्रममा स्कूकल कलेजमा पनि ठूलो संख्यामा संक्रमित फेला पर्न थालेका छन्।
गत सातामा कर्नाटकको एक विद्यालयमा एकैपटक २६ जना विद्यार्थीमा कोरोना पुष्टि भएको थियो भने उता कश्मिरमा एकैपटक ३६ जना विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको थियो ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित