भारतमा एकैदिन थपिए ८१ हजार बढी नयाँ संक्रमित
हेल्थ टिभी अनलाइन : भारतमा यतिबेला कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ ।
गत २४ घण्टामा मात्रै त्यहाँ ८१ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ६ महिनापछि त्यहाँ यति ठूलो संख्यामा एकैपटक संक्रमित देखिएका हुन्। यसभन्दा अघि अक्टोबरमा एकैदिन ८१ हजार ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उता गत २४ घण्टामा ४६९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ । अहिले भारतको ५ वटा राज्य बढी प्रभावित भएका छन्।
महाराष्ट्र,कर्नाटक, केरल, छत्तीसगढ़ र पंजाबमा कुल संक्रमितमध्ये ७८ प्रतिशत संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी राज्यमा पनि महाराष्ट्र बढी प्रभावित बनेको छ ।
भारतमा हालसम्म १ करोड २३ लाख ३ हजार १३१ जनामा कोरोना पुष्टि भइसकेको छ भने १ लाख ६३ हजार ३९६ जनाको मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण