भारतमा कोरोना कहर : २४ घण्टामा ७२ हजार बढी नयाँ संक्रमित थपिए, ४५९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा कोरोनाको दोस्रो कहर रोकिने संकेत नै देखिएको छैन्।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ७२ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७२ हजार ३३० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ४५९ जनाको मृत्यु भएको छ । योसँगै देशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ लाख ८५ हजार भन्दा बढी पुगेको छ ।
भारतमा हालसम्म १ लाख ६३ हजार बढीले कोरोना संक्रमण भएर ज्यान गुमाइसकेका छन्। पछिल्लो समय मुम्बई, दिल्ली, गुजरात, पञ्जाब, हरियाणा लगायतका शहरहरुमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिरहेको छ ।
भारतमा कोरोना संक्रमण बढ्दा खुला सीमाना र धेरै नेपाली भारतमा भएका कारण पनि नेपाल उच्च जोखिममा रहेको छ ।
फोटो : आजतक





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण