चीनले अनुदानमा दिएको कोरोना खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना विरुद्धको खोप ४० देखि ५९ वर्ष सम्मका नागरिकलाई दिइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा आज बसेको आइसीएसको बैठकले हाल ४० देखि ५९ वर्षसम्मका नागरिकलाई खोप दिने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चीनबाट प्राप्त ८ लाख डोज खोप पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालहरुबाट दिइने व्यवस्था गरिने तयारी भइरहेको जनाएका छन्। उनले त्यसका लागि फरक किसिमको कार्ड बनाउने तयारी गरेको समेत जानकारी दिए ।
चीन सरकारले ८ लाख डोज कोरोना विरुद्धको खोप सार्स कोभ -२ भ्याक्सिन (भेरोसेल) अनुदानमा दिएको हो । सो खोप कसलाई र कसरी दिने भन्ने विषयमा यसअघि छलफल भइरहेको थियो । कहिलेबाट खोप दिन शुरु गरिने भन्ने विषयमा भने सार्वजनिक सूचना गरेर जानकारी दिइने मन्त्रालयले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण